ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्व उच्च रक्तचाप दिवस: झन- झन भयावह बन्दैं रक्तचाप समस्या

काठमाडौं जेठ ३ । उमेरको असर, खानपिन, जीवनशैली, वातावरण र वंशानुगत कारणहरू पछिल्लो समय उच्च रक्तचापको समस्या भयावह बन्दैं गएको छ । उच्च रक्तचाप (हाई बिपी) हो जसका कारण मुटु, मिर्गौला, मस्तिष्क र आँखामा जटिलता जस्ता विभिन्न स्वास्थ्य समस्याले भोग्न बाध्य हुनु पर्ने अवस्था आएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३० देखि ७९ वर्ष उमेर समूहमा एक अर्ब २८ करोड मानिसलाई उच्च रक्तचापको समस्या हुदाँ नेपालका सहरी क्षेत्रमा २९.८ प्रतिशत, उपनगरीय क्षेत्रमा २५.५ प्रतिशत, ग्रामीण क्षेत्रमा २४.४ प्रतिशत मानीसमा यस्तो समस्या देखिने गरेको छ ।

धूमपान गर्ने, मोटोपन भएका र शारीरिक परिश्रम नगर्ने, अत्यधिक मात्रामा नुन, बोसो तथा चिल्लो पदार्थ सेवन गर्ने, मदिरा सेवन गर्ने, नियमितरूपमा गर्भनिरोधक चक्की सेवन गर्ने तथा हरियो सागसब्जी र फलफूल कम खाने व्यक्तिहरु यस्को उच्च जोखिममा हुने चिकित्सकहरु बताउछन् ।

बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या बढेको भन्दैं यस्को सचेतनाका लागि हरेक वर्ष मे १७ तारिखका दिन विश्व उच्च रक्तचाप दिवस मनाइदैं आएको छ ।

विश्वमा सन २००५ बाट यो दिवस मनाउन सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *