ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चार प्रदेशमा बर्षाको सम्मभावना, कहाँ- कहाँ पर्ला पानी ?

काठमाडौं जेठ ३ । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको र हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा/हावा हुरीको समेत सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने  क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ।

 कस्तो छ आगामी तीन दिनको मौसम ?

२०८० जेठ ३ गते (बुधबार)

दिउँसोː  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

 रातीː  कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।

२०८० जेठ ४ गते (बिहिबार)

दिउँसोː  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीː  कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का  वर्षाको संभावना रहेको छ।

२०८० जेठ ५ गते (शुक्रबार)

दिउँसोː  कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र  पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीː  कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र  पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *