ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उपचारका क्रममा मृत्यु भएका गोर्खाका भट्टको परिवारलाई ग्रिन सिटि अस्पतालले मृतकलाई १० लाख रुपैयाँ दिने

काठमाडौ,जेठ २। बसुन्धरास्थित ग्रिन सिटी अस्पतालले बिरामीको मृत्यु भएपछि उपचार शुल्क मिनाहा गर्ने र १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

फोक्सोमा पानी जमेका कारण उपचारका लागि गत आइतबार अस्पताल गोरखाका ६२ बर्षीय लोकनाथ भट्टको सोमबार दिउँसो मृत्यु भएको थियो । आफन्तले भने म्याद सकिएको औषधिका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

उनीहरुले म्याद सकिएको औषधिकै कारण मृत्यु भएको भन्दै साँझ पाँच बजेतिर फार्मेसी तोडफोड गरेका थिए ।प्रहरीले म्याद गुज्रिएको औषधि बिक्री गरेको आरोपमा फार्मेसीमा कार्यरत एक जनालाई नियन्त्रणमा लिएको छ । तोडफोडपछि अहिले अस्पतालको फार्मेसी बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *