ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमडी र एमएसको भर्ना प्रकृया सर्वोच्चले खारेज, फैसला चिकित्सा शिक्षा आयोगको पक्षमा

काठमाडौ,जेठ २। सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगविरुद्द विद्यार्थीले हालेको मुद्दा खारेज गरीदिएको छ। विद्यार्थीले चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तह (एमडी/एमएस) को भर्ना प्रक्रियामा आयोगको निर्णय विरुद्ध मुद्दा दायर गरेका थिए।

सर्वोच्चका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त इजलासले विद्यार्थी निस्कर्ष रिजालले दायर गरेको रिट सोमबार खारेज गरेको हो । रिजालले एमडी/एमएस भर्ना प्रक्रियालाई अवैध रुपमा संसोधन गरी आयोगले कानून विपरितको काम गरेको भन्दै रिट दायर गरेका थिए। सोमबार रिट खारेज भएसँगै आयोगको भर्ना प्रक्रिया अनुसार नै अगाडि बढ्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *