ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डेट एक्सपायर औषधि दिएर मृत्यु भएको भन्दै ग्रिन सिटि अस्पतालको फार्मेसीमा तोडफोड

काठमाडौ,जेठ २ । डेट एक्सपायर औषधि दिएर बिरामीको मृत्यु भएको आरोप लगाउँदै बसुन्धरास्थित ग्रिन सिटी अस्पतालको फार्मेसीमा तोडफोड गरिएको छ।

दीर्घ श्वासप्रस्वास समस्या (सीओपीडी)को बिरामीलाई फार्मेसीले म्याद गुज्रिएको औषधि दिएको आरोप आफन्तहरुको तोडफोड गरेका हुन् । त्यही औषधिका कारण बिरामीको ज्यान गएको पनि उनीहरुको आरोप छ।तर अस्पताल प्रशासन भने औषधिमा समस्या नभएको दाबी गरिरहेको छ।

बिरामीको मृत्युपछि आफन्तले म्याद गुज्रिएको औषधिकै कारण बिरामीको मृत्यु भएको भन्दै साँझ पाच बजेतिर अस्पतालको फार्मेसी तोडफोड गरेका छन्। तोडफोडको केही बेरमा प्रहरीले स्थिति नियन्त्रणमा लिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।प्रहरीले म्याद गुज्रिएको औषधि बिक्री गरेको आरोपमा एक जना फर्मासिस्टलाई नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *