ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लम्पी भाइरस नियन्त्रणमा पशु सेवा विभागले के गर्दै छ?

लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो। त्यसपश्चात बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलिसकेको छ।राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखिएको थियो।पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको असारमा पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो। त्यती बेला पनि केही पशुको मृत्यु भएको थियो । भने अहिले यो रोगले सात वटै प्रदेशमा महामारीको रुपमा फैलिरहेको छ ।

पशु सेवा विभागको पछील्लो तंथ्याक अनुसार उक्त रोगबाट हालसम्म ४ लाख ३२ हजार भन्दा धेरै गाईभैँसी प्रभावित भएको छ । भने करिब ६ हजारको मृत्यु भइसकेको छ । संक्रमित चौपायाको संख्या अझ बढी हुन सक्ने विज्ञहरु बताउछन् ।

यो रोग गाईभैँसीलाई हुने एकदमै संक्रामक रोग हो। लामखुट्टे, टोक्ने, झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ ।गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।यो रोग लागे पछि रोग बाट ‍ पशुहरुलाई मृत्यु हुन नदिन त्तकालै उपचार गर्नु पर्ने र रोग नियन्त्रण गर्न खोप लगाउनु पर्ने हुन्छ । यो रोगको प्रभावकारी उपचार छैन् । तर रोग लाग्न नदिनका लागि भ्याक्सिनेशन हो। संक्रमण भएको बेला खोप लगाउन हुँदैन । त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन्।

यो रोग लागेपछी पशुपन्क्षीको छालामा गिर्खा आउने ,ज्वरो आउने हुन्छ।पशुको मृत्यु हुने कारण भनेको पशुको ज्वरो नियन्त्रण गर्न नसक्नु नै रहेक विज्ञहरु बताउछन् । त्यसैले अहिले यो रोग रोकथाम र नियन्त्रण एकदमै चुनौति बनिरहेको छ । लम्पी स्किन रोग नियन्त्रणका लागि तीनतहकै तहका सरकारहरू समन्वय गरी अगाडि बढिरहेको छ । तत्कालै रोग नियन्त्रणका लागि नमुना सङ्कलन गर्ने, रोग पत्ता लगाउने, उपचार गर्ने र निगरानी गर्ने काम सबै तह मिलेर गरिरहेको छ ।नेपालमा गाईबस्तुलाई खोप दिने कार्यक्रममा जोर्डनमा निर्मित खोप प्रयोग हुँदै आएको छ । यो रोगको नियन्त्रण भनेकै भ्याकसिन भएकोले नेपालमा यो भ्याक्सिन बनेको छैन् ।

बाहिरबाट भ्याक्सिन ल्याउपर्ने भएकोले निजि क्षेत्रलाई पशु सेवा विभागले अनुमति दिइसकेको छ । लम्पी विरुद्धको भ्याक्सिन रोग लागिसकेपछि लगाउने हैन कि स्वास्थ पशुलाई मात्र लगाउने हो । जसले यो रोग लाग्न बाट जोगाउने पशु चिकित्सकहरू बताउछन् ।

पशु चिकित्सकहरूका अनुसार लम्पी स्किन ‘जूनोटिक डिजीज’ अर्थात् पशुबाट मान्छेमा सर्ने रोग होइन ।संक्रमित गाईभैंसिबाट उत्पादित दुध पनि राम्रो सँग उमालेर सेवन गर्न सकिन्छ । पशु सेवा विभागबाट सात वटै प्रदेशको स्थानिय तहमा कर्मचारी खटाएर पठाउने अवस्था छैन् । किनकि समयमा नै नियुक्ति र पदपूर्ती हुन नसक्दा पयाप्त जनशक्ति नै छैन् ।स्थानिय तह र प्रदेशमा उपलब्ध जनशक्तिले नै काम गर्नु पर्ने देखिन्छ । भविष्यमा यस्ता रोगबाट हुने क्षती र यस्ता रोग नियन्त्रणका लागि सबै सम्बन्धीत निकायले सोच्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *