ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रेशम चौधरीको मुद्धाको सुनुवाई सकियो

काठमाडौं जेष्ठ २ । टिकापुर घटनाका मुख्य योजनाकार भनेर सजाय काटीरहेका रेशमलाल चौधरी लगायतको मुद्दामा आज बहस सकिएको छ ।

जिल्ला र उच्च अदालतको फैसलाले थुनामा रहेका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ सकिएसँगै आज नै नै फैसला सुनाउने सर्वोच्चको तयारी छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको थियो ।

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।

जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *