ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोशी र बागमती प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं जेठ २ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहने जनाएको छ।

त्यस्तै कोशी प्रदेश र  बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/ हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ र पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको  महाशाखाको भनाई छ ।

राती भने  कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/ हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले भोली देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/ हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। मध्य तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको  जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *