ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महानगरको निशुल्क एम्बुलेन्स सेवाले आमनागरिकलाई राहत पुग्ने

काठमाडौ,जेठ १ l काठमाडौं महानगरपालिकाले काठमाडौंबासीका लागि चौबिसैं घण्टा निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने व्यवस्था गरेको छ ।१०२ नम्बरमा फोन गरी निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने महानगरले जनाएको छ।

यो सुविधाको लागि बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।महानगरका मेयर बालेन्द्र (बालेन) शाहले काठमाडौंमा एम्बुलेन्स सेवा निःशुल्क गरिएको सामाजिक सञ्जालहरु मार्फत शनिबार जानकारी गराएका छन्।१०२ मा फोन गरेपछि काठमाडौंमा नि:शुल्क सेवा पाउन थालेको भने बालेनले हिजो सार्वजनिक गरेपछि भने होइन।१०२ ले धेरै पहिलेदेखि नै नि:शुल्क सेवा दिँदै आइरहेको छ।नेपाल एम्बुलेन्स सेवा १०२ को सुरु २०६६ भदौ ३१ गते दर्ता भएको थियो।

नेपाल एम्बुलेन्स सेवा नाफारहित सामाजिक संस्था हो।२०७२ सालमा बैशाखमा नेपालमा भूकम्प गयो।भूकम्पको समयमा पनि नेपाल सरकारसँग समन्वय गरेर सेवा दिएको थियो।त्यसयता पनि हजारौंले सेवा पाएका थिए। त्यसपशचात कोरोनाकालमा निजीस्तरबाट सञ्चालित एम्बुलेन्स सेवा सक्रिय हुन सकेनन्।सक्रिय रहेकाहरु पनि आमजनको पहुँचमा थिएनन्।

त्यस्ता बेला बिरामीको सारथीको रुपमा १०२ ले सेवा दिएको थियो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमा १०२ एम्बुलेन्सको नि:शुल्क सेवाका बारेमा जानकारी दिएपछि यसको चर्चा थप चुलिएको छ।

काठमाडौं महानगरपालिकाले काठमान्डौं महानगरभित्र रहेका हरेक क्षेत्रमा काम गर्ने भन्ने छ।त्यसमा अलि बढी स्वास्थ्य र शिक्षालाई राखेको छ। महानगर बासिलाई स्वास्थ्यको पहुचमा सहजर सुलभ तरीकाले पुर्याउनका लागि यो कदम चालिएको महानगरका प्रवक्ता नविन मानन्धरले बताउनुभयो।
महानगरले एम्बुलेन्स सेवा निशुल्क गरेसँगै काठमाडौंमा बसोबास गर्ने पनि विभिन्न समुहका रहेका छन्।

काठमाडौंमा बसोबास गर्न सबै सम्पन्न मात्र छैन्न गरीब विपन्न पनि रहेका छन्।स्वास्थ्य सेवाको पहुचमा पुग्न नसकेर ज्यान गुमाउनु पर्ने अवस्था छ। त्यसैले महानगरले जुन काम गर्ने प्रयात्न गरेको छ त्यो निकै नै प्रंशसायोग्य रहेको सर्वसाधारणहरु बताउछन्।

महानगरले महानगर स्वास्थ्य प्रवधन केन्द्र बिस्तार गरेको छ।जहाँ बाट नागरीकहरुले निशुल्क स्वास्थ्य सेवा लिन सक्छन्।तर त्यहाँ सम्म पुग्नको लागि प्रमुख माध्यम भनेको एम्बुलेन्स भएकोले निशुल्क एम्बुलेन्स सेवा विस्तार गरेको महानगरको भनाई छ।अहिले सञ्चालनमा रहेका एम्बुलेन्सको भाडादरमा एक रुपता कायम छैन्।त्यसैले गर्दा पनि महगो भाडा तिर्न बाध्य हुन्छन्।यसका लागि सरकार र सम्बन्धित निकाय गम्भिर भएर लाग्न आवश्यक देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *