ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२० हजार किशोरीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिदैं

काठमाडौ,बैशाख ३१ l नेपालमा किशोरीहरुका लागि लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप उपलब्ध गराउने भएको छ।स्वास्थ्य सेवा विभागले २० हजार किशोरीलाई लक्षित गर्दै खोप उपलब्ध गराउन लागेको हो।

राजधानीमा आयोजित सर्भाइकल क्यान्सर प्रिभेन्सन इन नेपाल: हाउ इम्पोर्टेन्ट इज एचपीभी भ्याक्सिनेसन?कार्यक्रममा जेठमा नेपालमा सिकोलिन नामक २० हजार भायल खोप भित्रिने जानकारी दिइएको छ। खोप आयातकर्ता नन्दकेम ड्रग डिस्ट्रीव्युटर्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ सन्देश सिग्देलले सम्झौता अनुसार स्वास्थ्य सेवा विभागलाई खोप उपलब्ध गराउन लागेको हो।नेपालका केही निजी अस्पतालमा सिकोलिन खोप उपलब्ध भइरहेको छ।

सिकोलिन चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको एचपीभी भाइरसविरुद्धको खोप हो।यो खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता प्रदान गरेको खोप हो।नेपालमा अहिले यसको मूल्य प्रति एक भायलको ६ हजार २ सय ४० रुपैयाँ तोकिएको छ।

क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशतभन्दा बढी क्यान्सर गराउँने हुँदा बालिकाहरुको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु उत्तम हुने जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा वरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा चन्दा कार्कीले पाठेघरको मुखको क्यान्सर (सर्भाकल क्यान्सर) बाट जोगाउने पहिलो तरिका (प्राइमरी प्रिभेन्सन) भनेको एचपीभी विरुद्धको खोप रहेको, दोस्रो तरिका (सेकेन्डरी प्रिभेन्सन) भनेको क्यान्सर लाग्नु भन्दा पहिले नै महिलाको उमेर ३० देखि ६० बर्षसम्म प्रत्येक पाँच बर्षमा एक पटक नियमित जाँच र उपचार गर्नु र तेस्रो तरिका रोगको निरुपण र उपचार गर्नु रहेको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *