ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

औषधि ऐन २०३५ मा रहेको अवधि सम्बन्धी व्यवस्था संसोधन गर्ने तयारीमा सरकार

काठमाडौ,बैशाख ३१ l सरकारले औषधि उत्पादन अनुज्ञापत्र,सिफारिसपत्र र प्रमाणपत्र नवीकरणको समयावधि बढाउने तयारी गरेको छ।सेवा प्रवाहलाई सहज बनाउन सरकारले औषधि ऐन २०३५ मा रहेको अवधि सम्बन्धी व्यवस्था संसोधन गर्न लागेको हो।

सरकारले उक्त अवधि संशोधन गर्दै समय बढाउने व्यवस्थाको प्रस्ताव विधेयकमा गरेको छ।उक्त विधेयकमा गरिएको प्रस्ताव यस्तो छ:

-औषधि उत्पादन अनुज्ञापत्र: पाँच वर्ष

-औषधि दर्ता प्रमाणपत्र: तीन वर्ष

-औषधिको निकासी पैठारी सम्बन्धी सिफारिसपत्र:तीन वर्ष

  • औषधिको बिक्री वितरण गर्न नाम दर्ता भएको प्रमाणपत्र:तीन वर्ष
    यसरी लिइएको अनुज्ञापत्र,सिफारिसपत्र र प्रमाणपत्रको म्याद सकिनुभन्दा अगाडि नै औषधि व्यवस्था विभागमा निवेदन दिई नवीकरण गर्नुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *