ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वायु प्रदुषणले आँखामा आपत्कालिन र दिर्घकालिन असर गर्ने

काठमाडौ,बैशाख ३१ l पछिल्ला केही वर्ष यता देशका काठमाडौं उपत्यका सहित देशका प्रमुख शहरमा वायु प्रदुषण बढ्दै गएको छ।जसका कारण विभिन्न रोग र संक्रमणको जोखिम समेत बढेको छ।

बढ्दो वायु प्रदुषणले सास फेर्न गाह्रो हुने,रुघाखोकी लाग्ने,आँखा पोल्ने,चिलाउने लगायतका समस्या देखा पर्दछन्।यसले गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै चिकित्सकहरूले सावधान हुन आग्रह गरीरहेका छन्।वायु प्रदूषणले मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गराउँदछ।

यसबाट उत्पन्न हुने मुख्य समस्यामा श्वासप्रश्वाससम्बन्धी संक्रमण, रुघाखोकी,ब्रोङ्काइटिस,निमोनिया,फोक्सो,घाँटीको क्यान्सर,आखाको एलर्जी आदि हुन्।यसका साथै हावामा रहेका हाइड्रोजन सल्फाइट, फ्लोराइड,आर्सनिक आदि विषालु पदार्थले व्यक्तिको मृत्यु समेत गराउन सक्छ।

अहिले वायु प्रदूषणले आँखामा निकै गम्भीर असर पारीरहेको छ।त्यसको मारमा बालबालिका देखि वृद्धवृद्धा समेत रहेका छन्।अहिले देशभरका आँखा अस्पतालमा प्रदूषणका कारण आँखाबाट आँसु आइरहने,आँखा पोल्ने,आँखा रातो हुने,चिलाउने र दुख्ने,आँखाको डिल सुन्निने तथा भाइरस वाब्याक्टेरिया प्रवेश गरेमा संक्रमण हुने जोखिम बढेको छ।

प्रदूषणले आँखामा अल्पकालीन र दीर्घकालीन दुवै प्रभाव पर्दछ।अल्पकालीन प्रभावबारेमा अहिलेको वायुमा कार्बन मनक्साइड,नाइट्रस अक्साइड आदिको मात्रा छ।त्यसले गर्दा‘अक्युलर सर्फेस डिस्अडर’अर्थात् आँखाको नानी र कोर्नीआको बाहिरको सतहमा असर पर्नुका साथै‘ड्राई आई सिन्ड्रोम’अर्थात् आँखा सुक्खा भएर विभिन्न समस्या पनि देखिन सक्छन्। त्यस्तै यस्तो प्रदूषणको दीर्घकालीन प्रभाव भनेको आँखाको लेन्स नै बिग्रिने र मोतीबिन्दु वा जलबिन्दु पनि हुनसक्छ।उनका अनुसार वायु प्रदूषणका कारण रेटिना पनि बिग्रिने खतरा हुने चिकित्सकहरु बताउछन्।

अहिलेको प्रदूषणबाट जोगिन सकेसम्म घर बाहिर ननिस्किने ।यदी निस्किनै परेमा चस्माको प्रयोग गर्ने।त्यस्तै आँखा नमिच्ने र हात सफा गरिरहने यदी संक्रमण भएमा चिकित्सकको सल्लाहमा औषधि प्रयोग गर्नु पर्दछ।वायु प्रदूषणका कारण हाम्रा शहरहरू दिन प्रतिदिन दूषित बन्दै गएका छन्। निमोनिया,ब्रोङकाइटिस,श्वासप्रश्वास प्रणालीमा क्यान्सर,छालासम्बन्धी समस्या,एलर्जी आँखाका रोगहरू धुलो,धुँवाका कारण बढ्दै गएका छन्। त्यसैले व्यवस्थित सहरीकरणको विकास गरी श्वासप्रश्वाससम्बन्धी समस्याबाट मुक्त गराउन सम्बन्धीत निकाय सबै लागि पर्नु पर्ने जानकारहरु बताउछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *