ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१५ महिना भित्र खोप लगाउन छुटेका बालबालिकालाई आज नियमित खोप दिदै

काठ्माण्डौ बैशाख ३१।सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाउँदैछ।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ। सरकारले यही वैशाख १५ गते नियमित खोप दिएको थियो।

मन्त्रालयले आज पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिँदैछ। रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका उमेरका बालबालिकालाई सरकारले १३ प्रकारको खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *