ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अर्थतन्त्र शिथिल अवस्थामा छ : राष्ट्र बैंक

featured

काठमाडौं वैशाख २९ । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत रहेको बैंकदरलाई १ प्रतिशतले घटाएर ७.५ प्रतिशतमा झारेको छ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको समीक्षा गर्दैं राष्ट्र बैंकले बैंकदर ७.५ प्रतिशतमा झार्ने जनाएको राष्ट्रबैंकले ऋणको पुनर्संरचना/पुनर्तालिकीकरणले ब्याजदर घट्ने जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन मार्फत राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले घटेको बैंक दरदेखि पुनर्कर्जासम्मको व्यवस्थाले शिथिल अवस्थामा रहेको बताउनु भयो । गभर्नर अधिकारीले अहिले पुनर्कर्जा कोषमा ५७ अर्ब रुपैयाँ पुगेको भएपनि अहिलेनै लगानी नहुने उनको भनाई छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्कले लगातार दुई त्रैमासिक सम्म लगातार ऋणात्मक वृद्धि भएका क्षेत्रका ऋणिहरुले पाउने पुनर्कर्जा सुविधा दिने जनाएको छ । कृषि, पर्यटन, उत्पादनमूलक उद्योगहरु यस्ले समेट्ने राष्ट्रबैंक भनाई छ ।

मौद्रिक समीक्षामा भएका विषयहरु कार्यान्वयन गर्नका लागि जारी गरिने निर्देशनमार्फत केही सुविधाहरु थपिन सक्ने अधिकारीको भनाई छ । मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था विश्लेषण र भविश्यको आकलन गर्दैं मौद्रिक नीतिलाई लचिलो बनाइएको राष्ट्रबैंकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *