ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न प्रधानमन्त्रीको ठाडो निर्देशन

काठमाडौं वैशाख २९। नीतिगत भ्रष्टाचार गर्दै अमुक व्यावसायिक घरानालाई लाइसेन्स सुम्पिन खोजिएको भन्दै तीव्र विरोध भइरहेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया प्रधानमन्त्रीको ठाडो निर्देशनमा रोकिएको छ ।

प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी, अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई बोलाएर लाइसेन्स प्रक्रिया तत्काल रोक्न लिखित रूपमा निर्देशन दिएका छन् ।

नयाँ स्टक एक्सचेन्ज पुरानो र सरकारी एक्सचेन्ज विस्थापित गर्ने गरी ल्याइएको गलत नीति भन्दै संसद्मा नै विरोध उठेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *