ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अहिले ३५ भन्दा धेरै जिल्लामा गाईभैँसी देखिएको लम्पी स्किन रोग कस्तो रोग हो?

काठ्माण्डौ बैशाख २९ ।नेपालका ३५ जिल्लामा हजारौँ गाईभैँसीमा देखिएको लम्पी स्किन रोगका कारण अहिले किसानहरू चिन्तित बनेका छन्। यो रोगले अहिले महामारीको स्वरूप लिइसकेको छ।

प्रभावित ठाउँहरूमा ठ्याक्कै कति सङ्ख्यामा गाईभैँसी मरेका छन् भन्नेबारे रिपोर्ट आउन बाँकी छ । तर यो रोग अहिले महामारी बनेर सातै प्रदेशमा पुगिसकेको अवस्था छ ।

लम्पी स्किन कहाँकहाँ फैलिएको छ ?
लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो। राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखिएको थियो।

पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो।

सुरुमा तराई र मध्य पहाडका जिल्लामा सङ्क्रमण देखिएको थियो । भने अहिले जलवायु परिवर्तनका कारण अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि पुगेको देखिन थालेको छ ।यो रोग गाईभैँसीलाई हुने एकदमै संक्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ।

यो रोग लागेपछि गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ।भने यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन्।पशु चिकित्सकहरूका अनुसार लम्पी स्किन ‘जूनोटिक डिजीज’ अर्थात् पशुबाट मान्छेमा सर्दैन ।

यो रोगको प्रभावकारी उपचार छैन। त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन्।यो रोगका लागि जोर्डनमा निर्मित खोप प्रयोग हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *