ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खेल क्षेत्रले देशलाई चिनाउन सफल- मोहन बस्नेत स्वास्थ मन्त्री

काठ्माण्डौ बैशाख२९ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रले देशलाई चिनाउन सफल भएको बताउनुभएको छ ।

मेलम्चीमा बिहीबार सम्पन्न जिल्ला स्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री बस्नेतले खेलले स्वस्थ रहन सघाउने बताउनुभयो ।उहाँले सुर्तीजन्य पदार्थमा कर बढाएर आर्थिक स्थिति कमजोर भएकाको उपचारमा खर्च गर्ने नीति ल्याउन आफु लागिपरेको समेत बताउनुभयो ।

बिहिबार सम्पन्न जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि सिन्धु योङ्ग स्टार क्लब मेलम्ची ९ ले हात पारेको छ । फाइनलमा मेलम्ची ७ दुवाचौरलाई ३–१ को सेटमा पराजित गर्दै सिन्धु योङ्ग स्टारले उपाधि जित्यो । मेलम्ची ९ ले दुवाचौरलाई २५–२०, २५–१८, २०–२५ र २५–१६ ले पराजित गरेको हो ।

उपाधिसँगै मेलम्ची ९ ले २ लाख नगद हात पारेको छ भने मेलम्ची ७ दुवाचौरले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । खेलाडीहरूलाई नगद, ट्रफी प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

प्रतियोगितामा पूर्व खेलाडी, पत्रकार, सुरक्षाकर्मी लगायतलाई पनि सम्मान गरिएको क्लबका अध्यक्ष महावीर श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *