ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मोन्टीको नजर : विश्वकप छनोटको खेल छनोटसंगै एशियनकप

काठमाडौं वैशाख २८ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटको खेलले सेप्टेम्बरमा हुने एसिया कपको लागि सहयोग गर्ने बताएका छन् ।


उनले क्यानसंगको कुराकानीमा भनेका छन् -‘अहिले हाम्रो ध्यान अर्को महिना हुने विश्वकप छनोटमा केन्द्रित छ। तर एशिया कप हाम्रो लागि ठूलो प्ल्याटफर्म हो किनभने हामीलाई थाहा छ कि हामी क्रिकेट जायन्ट्स भारत र पाकिस्तानसँग खेल्नेछौं,’

विश्वकप छनोट खेलहरु जुन १८ देखि जुलाई ९ सम्म हुनेछ । त्यसपछि सेप्टेम्बरमा नेपालले एसियाका पाँच टेष्ट राष्ट्रसहित ६ टोली सम्मिलित एसिया कप खेल्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

एसिया कपमा पाकिस्तानमा हुने तालिका भए पनि भारतले पाकिस्तानमा गएर खेल्न नमानेपछि पाकिस्तानबाट एसिया कप सर्ने सम्भावना धेरै छ र श्रीलंकामा एसिया कप हुने सम्भावना बढेको छ ।

घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल दुई दशकपछि एसिया कपमा छनवट भएको हो । जहाँ नेपाल भारत र पाकिस्तान रहेको समूहमा परेको छ र नेपालले पहिलो पटक विश्व क्रिकेटका दुई ठूला टिमसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *