ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेको केन्द्रिय समिति बैठक आजबाट सुरु

फाइल फोटो

काठमाडौं वैशाख २८ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ।

३ दिनसम्म चल्ने एमाले केन्द्रीय कमिटी बैठकमा छलफल हुने १० वटा एजेण्डा सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ।

केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’अभियानको समीक्षा, पार्टी सचिवालय बैठकले गरेका सम्पूर्ण निर्णयहरूको अनुमोदन, अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टीका विभिन्न आयोग र प्रदेशको प्रतिवेदन, भावी नीति तथा कार्यक्रम, समसामयिक राजनीति लगायतका विषयमाथि छलफल हुनेछ।

एमालेले यस अगाडि झापामा बैठक राख्ने तयारी गरेपछि बजेट अधिवेशन आह्वान भएकाले पुन : पार्टी कार्यालयमा नै गर्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *