ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ प्रणाली सुधार्न स्वास्थ पत्रकारको भुमिका महत्त्वपूर्ण – स्वास्थ मन्त्री

काठमाडौ,बैशाख २७ l स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य प्रणाली सुधार्न स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित स्वास्थ्य विटमा काम गर्ने पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा मन्त्री बस्नेतले देशको स्वास्थ्य प्रणाली सुधार्न आफुलाई स्वास्थ्य पत्रकारहरुको सहयोग र सहकार्य आवश्यक रहेको बताए।

स्वास्थ्यमा लामो समय कलम चलाउन पत्रकारहरुसँग लामो अनुभव भएको बताउदै त्यो अनुभवलाई स्वास्थ्य अवस्था सुधार्न प्रयोग गर्न आवश्यक रहेको मन्त्री बस्तेतले बताए।मन्त्री बस्नेतले पत्रकारहरुसँग देशको स्वास्थ्य अवस्था सुधार्न अवलम्बन गर्नु पर्ने सुभाव मागेका थिए।पत्रकारहरुले स्वास्थ्य बिमा,बजेट,कर्मचारी सरुवा,चिकित्सकको सेवा शुल्क,आयुर्वेद,सूचना संयन्त्र लगायतका बिषयमा केन्द्रित रहेर सुझाव दिएका थिए।

चिकित्सकहरुले विरामी जाचे बाफत लिने शुल्क जेठ १ गतेदेखि बढाउन लागिएकोमा मन्त्री बस्नेतले सरोकारवालाहरुसँग बसेर यस बिषयमा मन्त्रालयले सहजिकरण गरेर विरामीलाई मर्का नपर्ने गरि निर्णय गरिने जानकारी दिए।आफु काममा बिश्वास गर्ने मान्छे भएकाले स्वास्थ्यमा धेरै गर्न सकिने आधार रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *