ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै बाधा नपुर्याउने देउवा, ओली र दाहालको सहमति

काठमाडौं वैशाख २७ । शिर्ष तीन नेता विच नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व मुछिए पनि प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको छ ।

बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक यस्तो सहमति भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए । दाहाल भन्छन् -‘यो विषयमा प्रहरीले जसरी अनुसन्धान बढाएको छ, यसमा प्रहरीलाई कुनै डिस्टर्व गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति छ’

दलका शिर्ष नेताहरु नै मुछिएपछि अनुसन्धान प्रभवित हुने हो कि भन्ने त्रास बढिरहेका समयमा यस्तो सहमति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *