ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नक्कली शरणार्थी प्रकरणमा सांसदका सरकारसंग प्रश्नै प्रश्न

काठमाडौं,वैशाख २७ । नक्कली भूटानी शरणार्थी बनाएर रकम असुल गरेको विषयमा दलका शिर्ष नेताहरू मुछिदैं जादाँ संसदमा यो विषय अझ चर्को रुपमा उठ्दैं आएको छ।बजेट अधिवेशन सुरु भएर चौथो दिनमा पुग्दा सांसदहरुले सवै प्रकारका भष्ट्राचारको अनुसन्धान गर्न सरकारलाई दवाद दिएका छन्।

नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहको नेतृवलाई नै प्रहरीले पक्राउ गरेपछि संसदमा यो विषयले अझ प्रमुख स्थान पाएको छ।बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमा नै राप्रपा सांसद राजेन्द्र लिङदेनले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा भएको प्रगती संसदलाई जानकारी गराउन माग गरे।

माओवादी सांसद माधव सापकोटाले शून्य समयमा भष्ट्राचार जस्तो गम्भिर विषयलाई राजनीतिक विषय नबनाउन आग्रह गर्दां सांसद रणेन्द्र बराईलीले एमालेलाई व्यङ्ग्य गरे।पक्राउ पुर्जी जारी भै सकेर फरार भएका एमाले सचिव टोपबहादुर रायमाझीको बचाउमा एमाले लागेको आरोप लागि रहदाँ सांसदहरूले आफै लुकाएर सरकारलाई चूनौति दिएको आरोप लगाएका छन् ।उनी भन्छन् आरोपीलाई सिरमा राखेर टोलीले छेक्ने अनी गोजी टकटक्याएर सरकारलाई पक्राउ गर भन्दैं चूनौती दिने।

उनले भष्ट्रचारमा शून्य सहनशिलताको सिदान्त अवलम्वन गर्दैं सांसदहरुले पञ्चायत देखिका भ्रष्टाचारका विषयको अनुसन्धन गर्ने गरी विज्ञ र राजनीतिज्ञको शक्तिसाली आयोग बनाउन माग गरेका छन्।

सांसद रणेन्द्र बराईली र रोशनी कार्कीले दलका शिर्ष नेता नै मुछिन थालेपछि सरकार पछि हट्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।सांसद बराईलीले चाल्स सोभराज पक्राउ गर्न सक्नेले आरोपी समात्न नसकेको भन्दैं मिलेमतो हुन सक्ने शंका व्यक्त गरेका हुन्।

नेपाल प्रहरीले ठूला ठूला अपराधी समाउन सक्ने तर शरणार्थी प्रकरणमा मुछिएकालाई समात्न नसक्ने उनको प्रश्न थियो।उनीहरुले भष्ट्रचारीको सरकारले सम्पती जफित गरेर राज्यकोषमा राख्नु पर्ने सुझाव दिएका छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *