ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम

काठमाडौँ वैशाख २७ । आज सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा पुगेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि वैशाख २१ गते हालसम्मकै उच्च मूल्य कायम हुँदै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको थियो । पछिल्लो दिनको मूल्यले पुनः सोही रेकर्ड भेट्ने संकेत गरेको छ ।

आज तेजावी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ५० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *