ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नक्कली शरणार्थी प्रकरण:कारवाहीको प्रगती संसदलाई जानकारी गराउन सांसद लिङ्देनको माग

काठमाडौं,वैशाख २७ । राप्रपा अध्यक्ष एवम सांसद राजेन्देन लिङदेनल नक्कली शरणार्थी प्रकरण कहाँ पुग्यो संसदमा रुलीङ गर्न माग गरेका छन्।

संसदमा आकस्मिक समय लिएर बोल्दैं लिङदेनले नक्कली शरणार्थी प्रकरण कहाँ पुग्यो संसदमा रुलीङ गर्न माग गरेका हुन्।

बैठक सुरु हुने वित्तिकै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको भन्दै अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए।तर सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *