ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इन्डियन वुमन्स लिगमा नेपाली राष्ट्रिय महिला सदस्य सावित्रा भण्डारीको दवदवा, चौथो ह्याट्रिकसंगै सर्वाधिक गोलक कर्ताको सूचीमा

काठमाडौं वैशाख २७ । नेपाली राष्ट्रिय महिला टिमकी सदस्य सावित्रा भण्डारीले इन्डियन वुमन्स लिग (आईडब्लुएल)मा चौथो ह्याट्रिक गरेकी छन् ।

अहमेदावादस्थित शाइवग पुलिस स्टेडियममा भएको खेलमा सावित्राले  ४ गोल गर्दा साविक विजेता गोकुलम केरलाले मंगलबार माता रुक्मिनीलाई ९-० ले हरायो ।

उनले खेलको पहिलो हाफमा सातौं र १२औं मिनेटमा गोल गरेकी थिइन् । त्यसपछि ६८औं मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरेकी उनले ६९औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् ।

६ मध्ये पाँच खेलमा गोल गरेकी सावित्राले कुल १९ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन् । उनी दोस्रो स्थानकी काजल डे सुजा भन्दा १० गोलले अघि छिन् । काजलले ९ गोल गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *