ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

के तपाइहरलाई थाहा छ औषधि सेवन गर्न नजाने औषधि पनि पोइजन हो नि?

काठ्माण्डौ बैशाख २६।नेपालमा पोइजनिङ बारे सचेत गराउनका लागि पोइजनिङ इन्फरमेसन सेन्टर स्थापना गर्नु आवश्यक छ ।

नेपालमा पइजन भनेको बिष मात्र हो भन्ने बुझाइ छ ।तर अहिले प्यारासिटामोल, एसप्रिन, लिग्नोकेन लगायतको औषधीको दुरुप्रयोग बढ्दो त्यसलाई पनि पोइजन भनिन्छ।पोइजनिङमा दबाइको पोइजनिङ, केमिकल एक्सपोजर नेपालमा बढ्दो छ।तर नेपालमा पोइजनिङका ‍समस्या बढ्दो भएपनि त्यसमा ज्ञान भएका जनशक्ति छैनन्।त्यही भएर अहिले नेपालमा पोइजन इन्फरमेसन सेन्टर खोल्नु आवश्यक रहेको ब्राउन युनिभर्सिटिका सह-प्राध्यापक डा रामु खरेल बताउनुहुन्छ ।


आकस्मीक सेवालाई मजबुत बनाउन विभिन्न ऐनहरु बनाएका छन् त्यसमा पोइजनिङ इन्फरमेसन सेन्टर पनि नेपालमा स्थापीत हुनु पर्छ भन्ने छ । तर अहिले सम्म यसबारे कुनै काम हुन सकेको छैन् ।

नेपालमा पोइजनिङबाट बार्षिक करिब ३० हजार बिरामी हुने गरेको छ।अबको ४/५ बर्षमा मानिसले जानि जानि केहिले बढी दबाइ खाने केहीले विषहरु सेवन गरेर आत्महत्या गर्ने संख्या बढ्ने छ । तर त्यसका लागि हाम्रोमा पोइजनिङ सेन्टर छैन् त्यसको लागि बिस्तार गर्नु आवश्यक रहेको डा रामु खरेल बताउनुहुन्छ ।


नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्यामा वृद्धि भइरहेको छ। आन्तरिक कलह र त्यसबाट उत्पन्न आवेश ,घरेलु हिंसा, आर्थिक अवस्था, प्रेम सम्बन्ध,दीर्घ रोग,परीक्षामा असफल, सामाजिक प्रतिष्ठान लगायतको कारणबाट आत्महत्या गर्नेको संख्या बढेको विज्ञहरु बताउछन् ।

अहिले स्थापना गर्न लागिएको पोइजन सेन्टरमा ३-४ जना मान्छे २४ सैं घण्टाका उपलब्ध गराउने र हटलाइन सेवा मार्फत उनीहरुलाई इन्फरमेसन दिने काम गरिन्छ । पोइजन सेन्टरले अध्यायन गरेर कुन ठाँउमा के छ भनेर सेवा उपलब्ध गराउने बताइएको छ ।

प्यारासिटामोल पोइजनमा न्याक भन्ने औषधी चाहिन्छ । तर त्यो जहाँ पनि उपलब्ध हुन नसक्ला त्यसैले यो सेन्टर स्थापनाले धेरै सहयोग पुग्ने जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *