ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाले संकटमा परेका उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकार लागिपर्ने- स्वास्थ्यमन्त्री मोहन बस्नेत

काठमाडौ,बैशाख २६ l स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहने बताउनुभएको छ। एकता व्यापार सङ्घले आज आयोजना गरेको ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ मा उहाँले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको उद्योग व्यवसायलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो।

कोरोनाका कारण नेपालसहित विश्वकै अर्थतन्त्र बिग्रिएकाले यसलाई पहिलेकै अवस्थामा ल्याउन व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने मन्त्री बस्नेतको भनाइ छ।उहाँले व्यवसायीले उद्योग तथा व्यवसायको विषयलाई लिएर आत्महत्याको बाटो रोज्नु मुलुककै लागि दुर्भाग्यको विषय भएको बताउनुभयो।

नेपाल व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष कुमार कार्कीले बैङ्क तथा वित्तीय संस्थाले चर्को ब्याजदर लिँदा व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना भएको भएकाले ब्याजदर घटाउन सरकार लाग्नुपर्ने बताउनुभयो।

एकता व्यापार संघका अध्यक्ष माधव खरेलले भन्सार क्षेत्रमा भइरहेको झन्झटिलो प्रक्रिया अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *