ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसदमा दुई डाक्टर, डा. राणा VS डा.कार्की

काठमाडौं,वैशाख २५ । संसदको बजेट अधिवेशनको तेस्रो बैठकसम्म आइपुग्दा बजेटमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुने भने पनि अधिकांश समय नक्कली भुटानी शरणार्थी प्रकरणले स्थान लिएको छ।

मंगलबारको संसद बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै तर्फ सांसदहरुले नक्कली शरणार्थीका विषयमा प्रश्न उठाएका छन्।प्रतिनिधिसभाको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरु लागेको आरोप लगाइन्।आइतबार नेपाली कांग्रेसकी सांसद आरजु राणाले राजनीतिक महिला आएको सह्य नभएको बताएकी थिइन्।

उनको भनाई थियो–‘एउटी नारीले राजनीति गरेको सैह्य नहुने रहेछ यहाँ।पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने,उनीहरुले भनेको मात्र भाष्य हामीले बोल्नुपर्ने,उनीहरुले भनेको मात्र हामी एक्सरसाइज गर्नुपर्ने।त्योभन्दा अलि आफ्नो पब्लिक लाइफमा आयो भने पुरुषहरुलाई त्यो असह्य हुने यो परिस्थिति यहाँ बनेको छ।नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय रुपमा यो रहेको छ।त्यसको विरोधमा हो हामीले यो संविधान लेखेको।’

कार्कोले आज भनिन् -‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिलाद्रोही भयो,महिला हिंसा भयो।मलाई उत्तर दिनुपर्‍यो,–भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?’ भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ।अपराध भएको छ।कारबाही हुनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *