ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतको मध्यप्रदेशमा बस दुर्घटना हुदा १५ जनाको मृत्यु

एजेन्सी,बैशाख २६ l भारतको मध्यप्रदेशमा यात्रु बस पुलबाट नदीमा खस्दा कम्तिमा १५ जनाको मृत्यु भएको छ।मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रका अनुसार १५ जनाको शव भेटिएको छ भने करिब २५ जना घाइते भएका छन्।

खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बाट बस बैराड नदीमा खसेको थियो।भारतीय समाचार संस्था पीटीआईका अनुसार मध्यप्रदेश सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ र गम्भीर घाइतेलाई पचास हजार तथा सामान्य घाइतेलाई पच्चिस हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *