ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुत्केरी बिदा ६ महिनासम्म दिने तयारी

काठ्माण्डौ बैशाख २६।सरकारले महिलाहरुलाई ६ महिना सुत्केरी बिदा दिने तयारी गरेको छ । अहिले ९८ दिन सुत्केरी बिदा दिदे आएको छ ।

स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या घट्दो क्रममा गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा (१) संशोधन गर्नका लागि आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ । उक्त ऐन संशोधन ड्राफ्ट करिब दुई हप्ता अगाडि नै स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालय गइसकेको छ ।

संशोधित ऐन कार्यान्वयनमा आएमा सरकारी तथा निजी कार्यालयमा कार्यरत सबै महिलाहरुले सुत्केरी विदा बापत ६ महिना विदा पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *