ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लियोनल मेस्सी लाउरेस अवार्डबाट सम्मानित

एजेन्सी वैशाख २६ । विश्वकप विजेत अर्जेन्टिनी स्टार लियोनल मेस्सी लाउरेस अवार्डबाट सम्मानित हुदाँ  कतार विश्वकप २०२२ को विजेता अर्जेन्टिना वर्ष उत्कृष्ट टिम घोषित भयो ।

फ्रान्सको राजधानी सहर पेरिसमा मेस्सीलाई वर्ष उत्कृष्ट खेलाडीको पुरस्कार जितेका हुन् । उनले यसअघि सन् २०२० मा फ्रान्सको प्रतिष्ठित अवार्ड जितेका थिए । यस्तै  मेस्सी विधागत र समूहगत रुपमा उत्कृष्ट हुने पहिलो खेलाडीसमेत बनेका छन् ।

यस्तै महिलातर्फ जमाइक धावक सेलिन एन फ्रासर प्रेस उत्कृष्ट अवार्ड जित्न सफल भइन् । यस्तै स्पेनिस युवा स्टार खेलाडी कार्लोस अल्काराज उदयीमान खेलाडीको पुरस्कार अर्थात लाउरेस ब्रेकथुर अफ दि इएर घोषित भए ।

युरो २०२० मा कार्डिक अरेष्ट भएपछि पुन: फिट भएर मैदान फर्किएका डेनिस खेलाडी क्रिस्टेन एरिसनले लाउरेस वर्ल्ड कमब्याक अफ दि इएरको अवार्ड जित्न सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *