ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ढाकाकुमार श्रेष्ठको मुद्धामा सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं वैशाख २५ । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि पार्टीको ‘कोर टिम’ ले साढे २ करोड पैसा मागेको र त्यसको व्यवस्थापन गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको फोन संवादको अडियो सार्वजनिक भएपछि रास्वपाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

उनलाई सांसदबाट हटाएको थियो । त्यसरी गरिएको कारबाही कानुन सम्मत नभएको भन्दै श्रेष्ठ सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *