ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन राष्ट्रियसभामा अर्थमन्त्रीलाई सुझाव (भिडियोमा)

काठमाडौं,वैशाख २५ । नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई आगामी आर्थिक बर्षको बजेटबाटै ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सुझाव दिएकी छन्।

राष्ट्रिय सभामा जारी प्रिबजेट छलफलमा भाग लिँदै कांग्रेस सांसद पन्तले ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउ सुझाव दिएकी हुन्।

पैसा कि कसैको घरमा बाँधिएर बसेको कि सेयरमा रहेको उल्लेख गर्दै उनले भनीन् _ ‘पैसा एउटाको खल्तीबाट अर्कोको खल्तीमा जान नपाएपछि कसरी अर्थतन्त्र चलायमान हुन्छ ?’

उनले अघी थपिन् – ‘बोरामा बाँधेका पैसाहरु पाँच सय र हजारका नोटलाई ब्यान्ड गरौं अर्थमन्त्रीज्यू यदि हामीले समस्या बुझेका छौं र हिम्मत छ भने’ सांसद पन्तले भनिन्, ‘यति ग¥यो भने हामी यो पलायन हुँदै गएको अर्थतन्त्रबाट चलायमान बनाउन सक्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *