ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘टोपबहादुर रायमाझी ओलीको झट्केलो छोरो’ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन एमाले सांसदको माग

काठमाडौं वैशाख २५ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीको अभिव्यक्तिलाई हटाउन एमाले सांसदहरुले माग गरेका छन् ।

एमाले अध्यक्ष र सचिव टोपबहादुर रायमाझीको सम्बन्धका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमालेका राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले आपत्ति जनाएका हुन् ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरलाई अध्यक्ष ओलीसँग जोडेर आइतबारको राष्ट्रिय सभा बैठकमा रमेशजंगले रायमझीलाई ओलीको झट्केलो छोरो भएको बताएका थिए ।

एमालेको आप्पती पछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले आफुले सुरनेर त्यसलाई आफै निर्णय गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *