ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुनको मूल्य वृद्धि चाँदी स्थिर

काठमाडौ,बैशाख २५ l सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।आइतबार प्रतितोला एक हजार दुई सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो।भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी,सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *