ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमाले सांसदले फिलिम हेर्न टिकट काटेर आएको भन्दा माओवादीका सांसदको जवाफ एमाले नाङ्गियो (भिडियो)

काठमाडौं वैशाख २४ । आइतबारबाट संसदको बजेट अधिवेशन सुरु भएको छ । बजेट अधिवेशन बजेट निर्माणमा केन्द्रित हुने भनेपनि नक्कली शरणार्थी प्रकरणका कारण बजेट अधिवेशनको पहिलो बैठक नै सभामुखलाई सम्हाल्न धौ परेको छ । प्रतिनिधि सभाको बैठकको सुरुमै विभिन्न दलका सांसदहरूले बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेलाई सांसदहरूलाई सम्झाउन करिव ५ मिनेट खर्च गर्न पर्यो ।

सभामुखले बैठक सुरु गर्न दिन आग्रह गर्दैं पटक पटक सम्झाएपछि मात्र संसद बैठक सुरु भएको थियो । बैठक सुरु भएपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदको जुहारी रोचक बन्यो । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भष्ट्राचारको फाइल खोल्ने विषय ट्रेलरमा भएको विषय उदृत गर्दैं पुरा चलचित्र हेर्न टिकट काटेर बसेको टिप्पणी गरे।

उनले भने -‘प्रधानमन्त्री ज्यूले बाहिर भन्दै हिँड्नुभएको छ भ्रष्टाचार सवालमा यो टेलरमात्रै हो फिल्म त आउँन बाँकी नै भन्दै हिँड्नुभएको छ । सम्माननीय प्रधानमन्त्री ज्यू, हामी फिल्म हेर्न आतुर छौँ, हामी तपाईले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । टिकट काटेर बसेका छौँ फिल्म देखाउनुस् । हामीलाई अव विश्वास छ, वाइडबडी घोटलाकाण्ड के हो ? छानबिन गरौँ, बाँसबारी जग्गा घोटला काण्ड के हो ? बालमन्दिर जग्गा घोटला काण्ड, मातातीर्थ जग्गा घोटला काण्ड, यति काण्ड, ओम्नि काण्ड, लडाकु शिविरका घोटला काण्डमा अरवौ रुपैयाँ राज्यको सम्पत्ति लुटिएको थियो । सिसीटिभी फुटेज र बजेटमा बिचौलिया आएका काण्डहरु यो अधिवेशनमा अव गंभीरताका साथ छलफल गरौँ । यस्ता काण्डमा परेकाहरूलाई एक एक गरेर कारबाही गर्न हामीले अब हिम्मत गर्नुपर्छ ।’

पूर्वाग्रह राखेर सत्तापक्षसँग जोडिएकालाई उन्मुक्ति दिने र अन्य मान्छेहरुसँग पूर्वाग्रह साँध्ने दूषित प्रयास भएको उनको आरोप छ । एमालेका सांसदहरुले पुर्वाग्रह साधेको दावी गरेपछि माओवादी केन्द्रका सांसद माधव सापकोटाले टोपबहादुर रायमाझीलाई कानुनी दायरमा ल्याउन एमालेसंग आग्रह गरे ।

उनले भने- ‘एमाले भ्रष्टाचारीलाई कारबाही गर्न इमानदार हो भने तपाईँहरू विषयान्तर नगर्नुस्, सम्माननीय प्रधानमन्त्रीले बोल्नुभएका कुरालाई जे खिसीटिउरी गरिराख्नुभएको छ, तपाईँहरूलाई नै त्यसले नाङ्गो बनाइराखेको छ । इमानदारितापूर्वक टोपबहादुर रायमाझीलाई कानुनको दायरामा ल्याएर बुझाउनुहोस्, त्यसैमा तपाईँहरूको कल्याण छ । म चुनौती दिन चाहन्छु विषयान्तर गर्ने, खिसिटिउरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्न खोज्ने तपाईँहरूको शैलीलाई राजनीतिक ढंगले प्रस्तुत गरेन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *