ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य मन्त्रीले कर्मचारीहरुलाई निर्देशन,३ करोड जनताको जिउ ज्यान हेरेर काम गर्नु

काठ्माण्डौ बैशाख २४। स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले ३ करोड जनताको जिउ ज्यानलाई ध्यानमा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन ।

आईतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मातहतका ५ वटै महासाखाका कर्मचारीलाई निर्देशन मन्त्री बस्नेतले अरु मन्त्रालयको तुलनामा स्वास्थ्य मन्त्रालयको काम संवेदनशील भएकाले जनताको जिउ ज्यानलाई ध्यानमा राखेर नीति योजना बनाउन पर्नेमा जोड दिएका छन ।

स्वास्थ्य मन्त्रालय अहिले आगामी बर्षको बजेटमा जुटेकोले विपन्न जनताले स्वास्थ्य सेवा पाउने ग्यारंटी गर्ने किसिमले बजेटको विनियोजन गर्न मन्त्री बस्नेतले कर्मचारीहरुलाई निर्देशन दिए ।

कर्मचारीले सफलताका साथ जिम्मेवारी बहन गरे मात्र जनताले सहज उपचार सेवा पाउने र त्यसकै आधारमा मन्त्री पनि सफल हूने बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *