ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसदलाई प्रभावकारी वनाउन विद्युतिय हाजिरिदेखि प्रधानमन्त्रीसंग सवाल जवाफसम्मको छलफल

काठमाडौं,वैशाख २४। गत पुस २५ देखि वैशाख १६ गतेसम्म करिव ४ महिना चदलेको प्रतिनिधिसभा अधिवेशनमा दुई वटा वैठक गणपूरक संख्या नपुगेर विधेयक अगाडि बढाउने प्रक्रिया रोकिएको थियो।सोही कारण आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले संसद बैठकमा सांसदहरुको उपस्थिति कमजोर भएको गुनासो गरेका थिए।

सभाखुमको गुनासो पछि समितिमा सांसदको विद्युतिय हाजिरिका विषयमा छलफल भएको छ।आइतबारको कार्यव्यवस्था समितिको बैठकमा समेत सांसदलाई अनिवार्य उपस्थिती गराउने विषयमा छलफल भएको नेताहरुले बताएका छन्।जस्का लागि विद्युतिय हाजिरीको व्यवस्था गर्ने विषयमा छलफल भएको नेकपा प्रमुख सचेतक माओवादीका हीतराज पाण्डेले जानकारी दिए।

त्यसो त पहिलो अधिवेशन सरकार बनाउने र गराउनेमै केन्द्रित भएको स्वयम सांसदहरुको आरोप थियो।पहिलो अधिवेशन मानै प्रधानमन्त्रीले दुई दुई पटक विश्वासको मत लिदाँ संसदले अन्य काममा भूमिका खेल्न नसकेको पनि सांसदहरुको आरोप छ।

त्यस्तै अधिवेशनमा सांसदले पटक पटक संसदमा उठेका जनसरोकारकाका विषयमा सरकार जवाफदेही नभएको,संसदमा उठेका सवालको जवाफ दिन विभागीय मन्त्री उपस्थित नभएको लगायतका सांसदका गुनासो गरेका थिए। यस्को संवोधनका लागि हरेका हप्ता एक जना मन्त्री र महिनामा एक पटक प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिने विषयमा समेत छलफल भएको कांग्रेस सांसद रामहरि खतिवडाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *