ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा क्यान्सर रोग रोकथाम र नियन्त्रण चुनौती

काठमाडौ,बैशाख २४ l विश्वमा सबैभन्दा धेरै मुत्यु गराउने रोगमध्ये प्रमुख मानिन्छ क्यान्सर। क्यान्सर बालकदेखि वृद्धसम्म जुनसुकै उमेर समूहलाई लाग्ने रोग हो।

यो रोग शरीरका जुनसुकै अंगमा लाग्न सक्ने चिकित्सकको भनाइ छ।विश्वव्यापी रूपमा हेर्दा पुरुष र महिलाको हकमा फोक्सोको क्यान्सर र महिलाको हकमा पाठेघर र स्तनको क्यान्सर सबैभन्दा बढी मात्रमा लाग्ने गर्दछ।अझै पनि समाजमा क्यान्सर भन्ने वित्तिकै यसको उपचार सम्भव छ र भन्ने सोचाई आइहाल्छ।

क्यान्सरका लक्षणहरु

दिसा पिसाबमा रगत आउनु

तौल अचानक घट्नु

स्तनमा परिवर्तन

थकान महसुस हुने

निरन्तर खोकी लाग्ने लगायतका लक्षणहरु देखा पर्छ।

क्यान्सर रोग बढ्नुको मुख्य कारण खानपान,बदलिदो जीवनशैली,बढ्दो वायु प्रदुषण मान्न सकिन्छ।भने करिब ७० प्रतिशत क्यान्सर मध्यपान, धुम्रपान, मोटोपना,खानपान,शारीरीक कसरतको कमी जस्ता खराब जीवनशैलीले गर्दा लाग्ने क्यान्सर रोग विशेषज्ञको भनाई छ।

नेपालमा सबै भन्दा बढी देखिने क्यान्सर

फोक्सोको क्यान्सर

स्तन क्यान्सर

पाठेघरको क्यान्सर

रक्त क्यान्सर

क्यान्सरको उपचार किमोथेरापी, रेडियसन र शल्यक्रियाको माध्यमबाट गरीन्छ।चिकित्सका अनुसार जतिचाँडो उपचार गराउन सकियो त्यती नै छिटो क्यान्सरलाई निको बताउन सकिन्छ त्यसैले क्यान्सर भन्ने वित्तिकै आत्तिहाल्नुपर्ने अवस्था नरहेको क्यान्सर रोग विशेषज्ञहरु बताउछन्।अझै पनि मानिसहरुमा जनचेतना नहुदा क्यान्सर लागेको अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गरेका छन्।

ग्रामिण क्षेत्रका मानिस मात्र हैन शहरी क्षेत्रका मानिसहरु पनि लक्षणका आधारमा उपचार गराउने प्रवृत्तिले गर्दा उपचारको पहुचमा पुग्न ढिला हुने गरेको चिकित्सकहरु बताउछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *