ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतको मणिपुरमा जारी जातीय हिंसामा परी मृत्यु ५२ जनाभन्दा बढीको मृत्यु

काठमाडौं,वैशाख २४ । भारतको मणिपुरमा जारी जातीय हिंसामा परी मृत्यु ५२ जनाभन्दा बढीको मृत्यु भएको छ।

बुधबारदेखि सुरु भएको हिंसा प्रशासनले जारी गरेको कर्फ्यु र ‘शुट एट साइट’ आदेशका बाबजुत पनि शनिबारसम्म कम्तिमा ५२ जनाको मृत्यु भएको हो।

बुधबार मणिपुर उच्च अदालतले मैतेई समुदायले अनुसूचित जनजाती वर्गमा आफूलाई पनि राख्न माग गर्दै दिएको रिटमा सुनुवाई गर्दै राज्य र केन्द्र सरकारलाई पुनरावलोकनको आदेश दिएको थियो।त्यसको विरोधमा पहिल्यैदेखि यो सुविधा पाउँदै आएको कुकी समुदायको विद्यार्थी संगठनले विरोध र्‍याली निकालेपछि सुरु भएको झडप हिंसामा परिणत भएको थियो।

जनसंख्याको ५२ प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको मैतेई समुदायले अनुसूचित जनजातीको हैसियत प्राप्त गरे आफ्नो पाइरहेको अधिकारमा कटौती हुने भन्दै कुकी समुदायले त्यसको विरोध गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *