ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सन्दीप लामिछानेविरुद्धको मुद्धाको सुनुवाई स्थगित

काठमाडौं,वैशाख २४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवम लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबरजस्ती करणीको मुद्दा आइतबार स्थगितको सूचीमा परेको छ।

काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको उक्त मुद्दा अदालतबाटै स्थगितको सूचीमा परेको हो।गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेको र फाँट नम्बर २८ को उक्त मुद्दा बिदामा बसेका न्यायाधीशको इजलासमा परेको कारण स्थगित भएको हो।

फाँट नम्बर २८ मा रहेका निवेदन लगायतका अन्य सबै मुद्दाहरू स्थगितको सूचीमा परेको छ।हालसम्म २२ पटक पेशीमा चढेको उक्त मुद्दा ८ पटक स्थगितको सूचीमा परेको छ भने १४ पटक विभिन्न आदेश भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *