ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सूनको मूल्य प्रति तोला १२ सय ले घट्यो

काठमाडौँ,वैशाख २४ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ मा करोवार भएको छ।

यस्तै,छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो।जुन,प्रतितोला १ हजार २०० रुपैयाँले घटेर आज आइतबार कारोबारमा आएको हो।

यस्तै,आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ।महासंघले गत साताको शुक्रबारकै मूल्यमा आज चाँदीको कारोबार भइरहेको जनाएको छ। गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *