ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई जोगाउन खोज्दैं दल

काठमाडौं वैशाख २३ । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दैं रकम अशुल गरेको आरोपमा उच्च पदस्थ व्यक्तिकै संगलग्नता पाइएपछि सरकार थप सकृय बनेको छ । हालसम्म उपराष्ट्रपति कार्यालयका सचिव एवम् तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप लगायत प्रकाउ परिसकेका छन् भने रायमाझीलाई प्रहरीले खोजिरहेको छ । त्यस्तैं तत्कालिन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक विरुद्ध पनि पक्राउ पुर्जी जारी भैसकेको छ ।

लहरो तान्दैं जादा पूर्व गृहमन्त्री दोय थापा र बालकृष्ण खाड, अख्तियार प्रमुख प्रेम राई लगायतको नाम मुछिदाँ राजनीतिक वृतमा तरङ्ग पैदा भएको छ । खाडले विज्ञप्ती नै निकालेर नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै आप्पती जनाउदाँ रायमाझी जोगाउन एमाले अध्यक्ष केपी शर्मा ओली नै लाग्नु भएको छ । विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर असन्तुष्टि जनाउनु भएका ओलीले शनिवार पनि प्रधानमन्त्रीलाई भेटेका थिए । उनले रायमाझीसंग सम्पर्क नरहेको जनाएका छन्

आफु बच्न र आफ्नालाई बचाउन शिर्ष नेतृत्व नै लागि परिरहदाँ प्रधानमन्त्री दाहालले भने कुनै हालतमा पछि नहट्ने बताउदैं आएका छन् । एमाले अध्यक्ष ओलीसंगको भेटमा कसैको दवामा नपर्ने बतएका का दाहालले अर्को एक कार्यक्रममा कास्टिङमात्र भएको  बताए  । भ्रष्टाचारविरुद्ध कारबाही चाल्दा ठूला-ठूला धम्की आउने सम्भावना रहेको बताउदैं प्रधानमन्त्री दाहालले जस्तो सुकै घेरावन्दी भएपनि त्यस्लाई तोडेर भष्ट्राचारीलाई तह लगाउने दावी गरे ।

शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कुनै पनि बहानामा भ्रष्टाचारीलाई छुट नदिने बताएका हुन् । उनले यो काष्टिङमात्र भएको बताउदैं भष्ट्रचारीलाई नछोड्ने समेत बताएका छन् । नक्कली शरणार्थी प्रकरणमा ठूला ठूला व्यक्तिको नाम जोडिन थालेपछि सरकारको भूमिकामा धेरैको ध्यान जान थालेको छ । भष्ट्राचार जस्तो विषयमा राजनीतिक दलका शिर्ष नेतृत्व नै बचाउमा लागेको भन्दैं आक्रोष समेत बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *