ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नक्कली शरणार्थी खडा गर्नेलाई कारवाही गर्ने विषयमा कसैको दवाबमा पर्दिन:प्रधानमन्त्री दाहाल

काठमाडौं,वैशाख २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी खडा गर्नेलाई कारवाही गर्ने विषयमा कसैको दवाबमा नपर्ने बताएका छन् l

सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंगको भेटपछि प्रधानमन्त्री दाहालले ले प्रधानमन्त्री दाहालले कसैको दवाबमा नपर्ने बताएका हुन्।

ओलीले नक्कली भुटानी शरणार्थीबारे भइरहेको अनुसन्धानबारे चासो राख्दैं प्रधानमन्त्रीलाई भेटेका थिए। विहिबार र शनिबार प्रधानमन्त्री दाहाललाई भेट्न ओली सिंहदरबार पुगेका थिए।

उनले भने, ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा त भएन।तर हामी कसैको दबाबमा पर्दैनौँ।कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन। हामी दृढताका साथ अघि बढ्छौँ।निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *