ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै पूर्व गृहमन्त्री खाडको आप्पती

काठमाडौं,वैशाख २३ । पूर्वगृहमन्त्री बालकृष्ण खाणले नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै आप्पती जनाएका छन्।शनिवार विज्ञप्ति जारी गर्दैं उनले आफ्नो चरित्रहत्या भएको उल्लेख गरेका छन्।

शनिवार ‘विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको’ब्यहोराको विज्ञप्ति जारी गर्दै खाणले भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *