ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वासको मतमा प्रचण्डको ह्याट्रिक तयारी

काठमाडौं वैशाख २३ । संसदमा २१ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिनु पर्ने भएको छ ।

संविधानको धारा १०० को उपधारा २ मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र  प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने व्यवस्था छ । जस्का कारण दाहालले बजेटसंगसंगै विश्वासको मत लिनु पर्ने छ ।

पहिलो पटक संसदमा प्रतिपक्षी विहिन जस्तै बनाएका प्रचण्ड दोस्रो पटक विश्वासको मत पाउदाँ धेरै सांसद विपक्षमा पुगे अव तेस्रो पटकको विश्वासको मत लिने समयमा प्रतिपक्ष अझ बलियो हुने देखिन्छ ।

दाहालसंग १ सय ५८ सांसदको समर्थन हुदाँ प्रतिपक्षी वेन्चमा १ सय १५ हुने देखिन्छ । सत्ता पक्षमा कांग्रेसको ८८ सिट, माओवादी केन्द्रको ३२, जसपा १२, नेकपा एकिकृत समाजवादी १०, जनमत पार्टी ६ , नागरिक उन्मुक्ती पार्टी ४  जनमोर्चा १ र आम जनमत पार्टीको एक सिट गरी कुल १ सय ५८ सांसदको समर्थन रहने देखिन्छ ।

उता प्रतिपक्षमा भने एमालेको ७९, रास्ट्रिय स्वतन्त्र पार्टी २१, राप्रपा १४ र नेमकिपा १ गरि १ सय १५ सांसद प्रतिपक्षमा हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *