ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हिमालयन एक्सट्राई वर्ल्ड टुर एक्सट्रिम ट्रायथलनमा विदेशी सञ्चार माध्यम

पोखरा बैशाख २२ । पोखरामा शनिबार आयोजना हुने हिमालयन एक्स्ट्राई वर्ल्ड टुर एक्सट्रिम ट्रायथलनमा विदेशी सञ्चार माध्यमहरुको पनि उत्तिकै चासो रहेको छ ।

हिमालयन एक्स्ट्राईको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । उक्त प्रतियोगितामा २२ देशका ३६ जना खेलाडी पोखरा आइसकेका छन् । प्रतियोगितामा ५ महिला खेलाडीहरुको समेत सहभागिता रहेको छ ।

प्रतियोगिता सुरु हुने संगै खेलाडीहरुको आ–आफ्नो देशका सञ्चार माध्यमहरु समेत पोखरा आएका छन् । दोश्रो संस्करणको रुपमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताका लागि स्विइस टेलिभिजन र चेक रिपव्लिक टिभीबाट क्रिउ मेम्वरहरु समेत आधुनिक क्यामेराहरु सहित पोखरा आइपुगेका छन् । यसै गरी फ्रान्स लगायत अन्य देशहरुबाट समेत फोटोग्राफरहरु पोखरा आएका छन् ।

विश्वकै कठिन मानिने प्रतियोगिता नेपालमा गत वर्षबाट सुरु भए संगै यहाँ आउने खेलाडीहरुको चाहना समेत बढ्दै गएको रेस डाइरेक्टर रिक्की योन्जनले पोखरा स्पोर्टसलाई बताए । “यो प्रतियोगिता मात्रै होइन पर्यटन प्रवद्र्धन गर्ने मुख्य आकर्षण समेत हो । यो प्रतियोगिताले उनीहरुको नेपाल बसाई औसत रुपमा बढाएको छ”, उनी भन्छन–“एक जना खेलाडी कम्तिमा पनि ८ देखि १० दिन नेपालमा बसाई हुन्छ ।” योअन्य विदेशी पर्यटकहरुको हकमा भन्दा धेरै रहेको उनको भनाई छ ।

प्रतियोगिताका लागि विदेशबाट आउने सञ्चार माध्यमले समेत उत्तिकै आकर्षण बढाएको रेस डाइरेक्टर योन्जन बताउँछन् । उनले भने–“एउटा सानो विज्ञापन अन्तर्राष्ट्रि सञ्चार माध्यममा जाँदा लाखौं खर्च हुन्छ । तर प्रतियोगिताबाट विभिन्न देशका सञ्चार माध्यमले निशुल्क यहाँको प्रचार गरिरहेका हुन्छन् ।” आफ्नो देशको खेलाडीले नेपालमा आएर कस्तो ‘पर्फमेन्स’ गर्छ भन्ने ध्येयले उनीहरु आएको उनी बताउँछन् । ‘“उनीहरुको खेल अवधीभर आफ्नै देशका खेलाडीहरु संग छायाङ्कनमा व्यस्त हुन्छन् । यहाँको हरेक कुराहरु सोझै खेलकुद संग जोड्दै सञ्चार माध्यम जाँदा त्यसको सकारात्मक प्रभाव पर्छ ।”

उक्त प्रतियोगितामा नेपाल ट्रायथलन संघले ८ जना टेक्निकल टिम खटाएको छ । प्रतियोगितामा ६० जना भन्दा वढि स्वयंसेवकहरु ख्टिएका छन् । प्रतियोगिताका लागि सिभिक क्लिनकले सेवा प्रदान गरेको छ । त्यसै गरी राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिकालगायतको सहयोग रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

पोखराको फेवातालमा ३.८ किमि पौडीबाट सुरु हुने उक्त प्रतियोगिता १७५ किमि साइक्लिङ र ४३ किमि दौड समावेश छ । पोखरा सराङकोट, लुम्ले, नयाँ पुल, कुश्मा हुँदै बागलुङ तथा बागलुङ कुश्मा, नयाँ पुल हुँदै काँडेमा पुगेर साइक्लिङ सम्पन्न हुनेछ । त्यसै गरी काँडेबाट सुरु हुने ४३ किमि दौड अस्ट्रेलियन क्याम्प, देउराली, हाइ क्याम्प, लो क्याम्प, मर्दी हिमाल भ्यू पोइन्ट (४३०० मिटर) छोएर पुनः माछापुच्छ«े गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुनेछ । जसलाई सम्पन्न गर्न एक खेलाडीले औसत १६ देखि २० घन्टा लगाउने छन् । विहान साढे ३ बजे सुरु हुने प्रतियोगिता राती अवेर ११ बजे सम्म हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अन्तिम व्रिफिङ शुक्रबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल ट्रायथलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले खेलाडीहरुलाई जितको शुभेच्छा दिए । “यो फरक प्रकारको खेलकुद प्रतियोगिता हो । जसमा खेलाडीहरुको अदम्भ सहास आवश्यक हुन्छ,” उनले भने–“हाम्रो जस्तो मुलुक विशेष गरी पोखरा शहर यो खेलका लागि सर्वश्रेष्ठ ठाउँ समेत हो ।” यस्तै प्रकारका प्रतियोगिताले नै नेपालको पर्यटन प्रवर्द्धन गर्ने संगै आर्थिक उन्नतीको मार्गचित्र कोर्ने अध्यक्ष श्रेष्ठको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *