ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सिम्रिक एयरको हेलिकप्टर दुर्घटना: एक जनाको मृत्यू

काठमाडौं,वैशाख २२ । संखुवासभाको भोटखोला गाउँपालिका–४ मा भएको हेलिकप्टर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ।

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको हो भने चार जना घाइते भएका छन्।

दुर्घटनामा परी हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताए।

शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *