ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रायमाझीलाई तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौँ : ओली

काठमाडौं वैशाख २१ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीको विषयमा एमाले अध्यक्ष केपीशर्मा ओलीले रायमाझीलाई तानिएको हो कि तनाएको हो भनेर अध्ययन गरिरहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा प्रचण्डसँग ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्न रहेको आरोप लागेका रायमाझीको विषयमा छलफल गरेका थिए ।

उनले रायमाझीविरुद्ध षडयन्त्रपूर्वक ढंगले एक्सन लिने काम भएको पनि बताए । ‘षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने ? त्यस्तो खालको रहस्यपूर्ण छ’, ओलीले भने, ‘भागेर कतै गइहाल्ने मान्छे त होइन । अहिलेको सिटिङ एमपी भागेर कतै जाने खालको कुरा त होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *