ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुनको मूल्य अहिलेसम्मकै धेरै

काठमाडौं वैशाख २१ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च मुल्यमा खरिद विक्री भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ११ हजार ८ सय पुगेको छ भने तेजावी सुनको मूल्य १ लाख ११ हजार २ सय पचास पुगेको छ ।

नेपाली बजारमा हिजो (बुधबार) छापावाल सुनको मूल्य १ लाख १० हजार ६ सय पुगेको थियो भने तेजावी सुनको मूल्य १ लाख १० हजार ५० थियो ।

यस अघि गत चैत २२ मा सुनको मूल्य नेपाली बजारमा उच्च थियो । त्यस दिन छापावाल सुनको मूल्य १ लाख ११ हजार र तेजावी सुनको १ लाख १० हजार ४५० पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *